मलेसियामा जसपा नेपालद्वारा नेपाली समाज मलेसिया गठन
काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित विशेष भेलाले जनता समाजवादी पार्टी नेपाल निकट नेपाली समाज मलेसिया गठन गरेको छ।
जनता समाज पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३१ सदस्यीय कार्यसमितिसहित नेपाली समाज मलेसिया गठन गरिएको छ ।
समितिको अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन, सचिवमा विक्रम याख्खा, सहसचिवमा राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।
सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, बिपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पीताम्बर सरदार रहेका छन्।
विशिष्ट अतिथिका रूपमा कार्यक्रममा नेपाली राजदूत डा नेत्रप्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूको रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाडौँका डाइरेक्टर डा निश्चलनाथ पाण्डे, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारी सदस्य राजकुमार गुप्ता, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टो, बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एसिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई, र एनआरएनए अभियन्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
आयोजकहरूका अनुसार, यो कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबिच सामाजिक एकता र सङ्गठित नेतृत्वलाई अझ मजबुत बनाएको छ। नवगठित कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।