Logo
१५ असार २०८२, आईतबार
(June 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्यात व्यवसायी महासंघको सात बुँदे सुझावपत्र प्रधानमन्त्री ओलीलाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरू बुझाएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरुलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: Jun 4, 2025

प्रतिक्रिया दिनुहोस्