काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि उनले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । महानगरपालिकाले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हो ।
पाण्डे काठमाडौं महानगरका मेयर बालेन्द्र शाहनिकट मानिन्छन् । यसअघि पाण्डेले नै गुरागाईंलाई महानगरमा हाजिर हुनबाट रोक्ने प्रयास गरेका थिए । तर, उपमेयर सुनिता डंगोललगायतको सक्रियतामा उनी महानगरमा हाजिर भएका थिए ।