Logo
१९ असार २०८२, बिहीबार
(June 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात बन्दको कारण सर्वसाधारण मर्कामा पठाओवालाहरूलाई फाइदैफाइदा

काठमाडौं : यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन्। सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरूलाई भने फाइदा पुगेको छ।

सधैं गाडीले खचाखच भइरहने बस स्टपहरूमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरू देखिन्छन्।

मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरू चलेका छन्। यसैगरी साझा यातायातका बसहरू पनि चलिरहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन्।

प्रकाशित मिति: Jun 3, 2025

प्रतिक्रिया दिनुहोस्