Logo
१५ असार २०८२, आईतबार
(June 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस संचालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा  बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको  हो।

प्रकाशित मिति: Jun 3, 2025

प्रतिक्रिया दिनुहोस्