Logo
१९ असार २०८२, बिहीबार
(June 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ । यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले  बताए ।

धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए । उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्ने लगायतका गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’

प्रकाशित मिति: Jun 2, 2025

प्रतिक्रिया दिनुहोस्