दक्षिणपन्थी र प्रतिगामीहरू अराजकता मच्चाउन लागेका छन् : प्रधानमन्त्री ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता प्रवृत्तिका तत्त्वहरूले सरकारका राम्रा काम नदेखेको बताए ।