Logo
१६ असार २०८२, सोमबार
(June 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वसाधारणका लागि उपत्यकामा नेपाल प्रहरीद्धारा बस सञ्चालन

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।

सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । यसले सर्वसाधारण मर्कामा परेका छन् ।

प्रकाशित मिति: Jun 2, 2025

प्रतिक्रिया दिनुहोस्