Logo
२८ जेष्ठ २०८२, मंगलबार
(June 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजावादीहरूलाई लखेट्न सम्पूर्ण युवाहरूलाई एकजुट हुन आग्रह : ‘दीपशिखा’

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले राजावादीहरूलाई लखेट्न जनयुद्ध लडेका सम्पूर्ण युवाहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।

आइतबारबाट प्रज्ञा भवन काठमाडौँमा सुरु भएको वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै दीपशिखाले माओवादी घटकका सबै युवाहरूलाई आग्रह गरेका हुन् ।

‘नारायणहिटीमा बसेको भूतलाई नागर्जुनमा पठाएका थियौँ । तिनीहरू आजभोलि मात्तिन थालेका छन् । त्यसलाई लखेट्न फेरि हामी एकजुट हुनुपर्नेछ । हामी जहाँ जहाँ भए पनि उद्देश्य एउटै हो । ती सबै साथीहरूलाई एक ठाउँमा ल्याउन तेस्रो राष्ट्रिय सम्मेलन सफल होस्’, उनले भने ।

माओवादीको सहायक सङ्गठन भएको हुनाले सङ्गठनको नेतृत्व कसले गर्नेभन्दा पनि पार्टीको नेतृत्व गर्ने गरी तयारी रहन उनले आग्रह गरे । कार्यक्रममा उनले २०६४ को जस्तो सङ्गठन र अहिलेको एआईको जस्तो चेतना भएको सङ्गठन चाहिएको बताए ।

प्रकाशित मिति: Jun 1, 2025

प्रतिक्रिया दिनुहोस्