Logo
३२ जेष्ठ २०८२, शनिबार
(June 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई मैत्रीपूर्ण  नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।

प्रधानमन्त्री ओलीको निमन्त्रणा पत्र रसिया भ्रमणमा रहेका एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले महासचिव जुगानोभलाई हस्तान्तरण गरेका हुन् ।

महासचिवले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएको भट्टराईले जानकारी दिए ।

जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका अलावा नेपालका प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रसियन फेडरेशनका राजदूत जंगवहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारी उपस्थिति रहेका थिए ।

करिब डेढ घण्टा भएको उक्त भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको थियो ।

प्रकाशित मिति: Jun 1, 2025

प्रतिक्रिया दिनुहोस्