Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष, पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।

चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ ।  आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र  पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

प्रकाशित मिति: May 30, 2025

प्रतिक्रिया दिनुहोस्