Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने ।

बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल गरेको पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: May 30, 2025

प्रतिक्रिया दिनुहोस्