Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख देवराज घिमिरेद्धारा कार्यव्यवस्था परामर्श समितिको बैठक आवहान

१६ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् ।

यो छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

त्यसैले संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले छलफल तथा बैठक बोलाएको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: May 30, 2025

प्रतिक्रिया दिनुहोस्