Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए ।

तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्