Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिम्मेवार प्रतिपक्ष भएकाले बजेट ल्याउन दिएका हौं : माओवादी केन्द्र

१५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले नेकपा माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी भएकाले सदनमा जारी संघर्ष राखेर बजेट प्रस्तुत गर्न दिएको बताएका छन् ।

माओवादी केन्द्र लगायत सबै विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर मंगलबारदेखि सदन अवरुद्ध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएका हुन् ।

विपक्षी दलको तर्फबाट आकस्मिक समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘संविधानको धारा १३ का तीनवटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’

उनले विनियोजन विधेयक प्रस्तुत गर्नेबाहेक सदनका अन्य काममा अवरोध रहने पनि स्पष्ट पारे ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्