Logo
२७ जेष्ठ २०८२, सोमबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा का दुई सांसद मात्र आजको संसद् बैठकमा उपस्थित हुने

१५ जेठ, काठमाडौं । संघीय संसद्‌मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद मात्र उपस्थित हुने भएका छन् ।

राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनर्स्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।

राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभामा रहेका १४ सांसदमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्रै आजको संसद् बैठमा उपस्थित हुने जानकारी दिए ।

‘प्रतिनिधिसभामा हाम्रा १४ जना सांसद हुनुहुन्छ । उहाँहरूमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्मी मात्र आजको संघीय संसद्को संयुक्त बैठकमा उपस्थित हुनुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य सांसदहरू प्रदर्शनमा सहभागी हुनुहुनेछ ।’

राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी र संघसंगठनले बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट सुरु हुने विरोध र्‍यालीको नेतृत्व गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्