Logo
१ असार २०८२, आईतबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्