Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।  बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बसेर बैठक अघि बढाउन दिन गरेको आग्रह नसुनेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति: May 28, 2025

प्रतिक्रिया दिनुहोस्