कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्। उनीहरूका अनुसार भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको छ।
साथै भूकम्पबाट सजग रहन र अनावश्यक त्रास फैलाउन अनुरोध गरिएको छ ।