Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एआईजीको निर्देशन, भीआईपीको निवास तथा कार्यालयको सुरक्षामा विशेष ध्यान दिन

संघीय लोकतान्त्रिक गणतन्त्र घोषण भएको १७ वर्ष पुरा हुँदै गर्दा गणतन्त्रको विरोधी समूहले बिहीबार उपत्यकामा प्रदर्शन गर्दैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समूहले जेठ १५ मा उपत्यकामा पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । सत्ताको नेतृत्व गरेको पार्टी नेकपा (एमाले)ले पनि भोली नै उपत्यकामा प्रदर्शन गर्दैछ ।

प्रदर्शनअघि उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा कार्यरत युनिट इन्चार्जहरूलाई ब्रिफिङ गरेका छन् । बुधबार बिहान भृकुटीमण्डप स्थित पुलिस क्लबमा काठमाडौँ र ललितपुरका एसएसपी तथा भक्तपुरका एसपी सहितका अधिकृतहरूलाई तामाङले ब्रिफिङ गरेका हुन् । ब्रिफिङमा तीनवटा जिल्लाका १८ जना वृत्त इन्चार्ज र  प्रभागको नेतृत्व गर्ने इन्स्पेक्टरहरू सहभागी थिए ।

एआईजी तामाङले इन्चार्जहरूलाई आफ्नो एरियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ब्रिफिङमा सहभागी एक जना अधिकृतले एआईजीको भनाई उद्धृत गर्दै भने, ‘संयमता अपनाउनुस् ।’

प्रदर्शन गर्ने राजावादी समूहको सूचना सङ्कलन गर्न तामाङले मातहतलाई निर्देशन दिएका छन् । प्रदर्शनकारीको सम्भावित गतिविधिका सूचना सङ्कलनमा ध्यान दिन उनले निर्देशन दिएका हुन् । भिड नियन्त्रण गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिन तामाङले निर्देशन दिएका छन् । उनने भने– ‘शान्ति सुरक्षा राम्रो गर्दै गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिनुस् ।’

प्रदर्शनको समयमा भीआइपी र भीभीआईजीको निवास, कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा दुरुस्त राख्न उनले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘हामीले भीआइपी, भीभीआईजी र मुख्य प्रतिष्ठानहरूको सुरक्षा दुरुस्त राख्नुपर्छ ।’

प्रकाशित मिति: May 28, 2025

प्रतिक्रिया दिनुहोस्