Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ : प्रचण्ड

१३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए ।

‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ,’ प्रचण्डले भने, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे ।

उनले एकता प्रक्रियामा बाबुराम भट्टरालाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरे ।

प्रकाशित मिति: May 27, 2025

प्रतिक्रिया दिनुहोस्