Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजावादीद्धारा प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप

काठमाडौं । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक र उत्तेजक अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्न लागिएपनि प्रधानमन्त्रीले आइतबार एक कार्यक्रममा उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा सोमबार जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत रहेको उल्लेख गरिएको छ। आइतबार ओलीले जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक हो।

वक्तव्यमा संयुक्त जनआन्दोलन समितिले भ्रष्ट व्यवस्था र शासकविरुद्धको आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढाउने उल्लेख छ। ‘आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

press_statement-jestha12

प्रकाशित मिति: May 26, 2025

प्रतिक्रिया दिनुहोस्