Logo
१५ असार २०८२, आईतबार
(May 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

बुटवल । कपिलवस्तुमा आगलागीमा परेर दिदी भाईको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर  आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।

सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुले  जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन्  । आइतबार साँझ  ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीको भनाई छ ।

आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको  ।

उनले शव भैरहवा ल्याएर भीम अस्पतालमा  पोस्टमार्टमको लागि राखिएको बताए । सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा घोषणा गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: May 26, 2025

प्रतिक्रिया दिनुहोस्