Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उजुरीसम्बन्धी प्रतिवेदन छिटो बुझाउन उपसमितिलाई लेखा समितिको निर्देशन

 प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गरे।

समितिले उजुरीहरूको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो। ती उपसमितिका संयोजकहरूलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो।

समितिमा ४८  उजुरी परेको थियो। ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरूले संयमित भएर प्रस्तुत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: May 22, 2025

प्रतिक्रिया दिनुहोस्