दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप
काठमाडौं, ८ जेठ । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अनुसन्धानको लागि प्रसाईंसँगै ५३ जनालाई दुई दिनको म्याद थपिएको हो ।
गत चैत्र १५ गतेको तिनकुनेको राजावादी प्रदर्शनमा हिंसामा परिणत भएको थियो । त्यही दिन दुई जनाको निधन भएको थियो । प्रसाईं त्यसदिन भागेका थिए । उनी लुकेर भारत पुगेको र लामो समयपछि भारतबाट पक्राउ परेका थिए ।