सगरमाथाको सफल आरोहण गरेकी कुञ्जाङ छोपेल शेर्पालाई भव्य स्वागत
काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई भव्य स्वागत गरिएको छ ।
सगरमाथाको सफल आरोहरण गरेर फर्केकी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन् । उनलाई विमानस्थलमा बाजागाजासहितले स्वागत गरिएको थियो ।
साथै उनको स्वागतमा नेपाल प्रहरी तथा साथमा नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रहरी बरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली पनि पुगेका थिए । ।
असई शेर्पालाई हिजो विशेष बढुवामाफर्त समेत गरि सईमा पदाेन्नति गरिएको छ ।