Logo
२ असार २०८२, सोमबार
(May 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस पालिको मनसुनमा अत्यधिक वर्षा‚ सजग हुन सुझाव :जल तथा मौसम विज्ञान

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्।

उनले यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइन्। उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराइन्। यसैगरी उनले यो वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिइन्।

पोखरेलले भनिन्, ‘मनसुनको वर्षा र तापक्रम यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यसैगरी यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ।’

विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्।

उनले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद् मनसुनको अवधिमा हुने बताइन्। उनले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटना बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने बताइन्।

प्रकाशित मिति: May 21, 2025

प्रतिक्रिया दिनुहोस्