गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना, आठ जना घाइते
७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।
गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।
दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र(२(०१(००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।