Logo
२ असार २०८२, सोमबार
(May 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री पौडेलसँग नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलबिच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटवार्ता गरेका छन् । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति: May 21, 2025

प्रतिक्रिया दिनुहोस्