Logo
२ असार २०८२, सोमबार
(May 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा आज  सुन तोलामा ५ हजार रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ  कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: May 21, 2025

प्रतिक्रिया दिनुहोस्