Logo
३ असार २०८२, मंगलबार
(May 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार बनाउनुको उद्देश्य पूरा भएकै छैन :योगेश भट्टराई

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको कांग्रेस–एमाले गठबन्धन सहमतिबमोजिम ०८४ सालसम्म कायम रहने दाबी गरेका छन् । उनले सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकोले ०८४ को आम निर्वाचनसम्म गठबन्धन तलमाथि नहुने दाबी गरे ।

आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारले कामको गति बढाउनुपर्ने सुझाव दिए । यद्धपी उनले सरकार गलत ट्रयाकमा नभएको जिकिर गरे । उनले अहिले राष्ट्रिय सहमतिको आवश्यकत्ता नभएको पनि स्पष्ट पारे । संविधान संशोधनको लागि भने बृहत्तर सहमति आवश्यक रहेको भट्टराईले औंल्याए ।

प्रकाशित मिति: May 20, 2025

प्रतिक्रिया दिनुहोस्