Logo
२ असार २०८२, सोमबार
(May 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो : सांसद कोइराला

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन् ।

उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरिन् ।

‘एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ । सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरुले सिलिण्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन ? सभामुखज्युयो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिण्डर साट्नका लागि उपभोक्ताहरुसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस्,’ उनले भनिन् ।

सांसद कोइरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: May 20, 2025

प्रतिक्रिया दिनुहोस्