रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई सुरू
काठमाडौं, ६ जेठ । पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरू भएको छ । उक्त निवेदनको सुनुवाई न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भैरहेको छ ।
लामिछानेको निवेदन सुरुदेखि नै हेर्न नमिल्नेमा पर्दै आएको थियो । तर, यही आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले ‘हेर्न मिल्ने’ इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश दिएको थियो । त्यहीभएर आज सुनुवाई सुरु भएको छ ।