Logo
२ असार २०८२, सोमबार
(May 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ ।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना आएको छ । अव प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट सभामुखले हटाउनुहुन्छ’, सभामुखको सचिवालयले भन्यो, ‘अरू कार्यसूची यथावत् रहन्छ ।’ प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बस्दैछ ।

प्रकाशित मिति: May 20, 2025

प्रतिक्रिया दिनुहोस्