Logo
२ असार २०८२, सोमबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउखुरी उपत्यकालाई भर्जिनलल्याण्ड राजधानीका रूपमा विकास गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रलाई सबै प्रदेशमध्ये नमुना भर्जिनलल्याण्ड राजधानीका रूपमा विकास गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सरकारले गौरवको आयोजनाको पहिलो सूचिमा राखेर देउखुरी उपत्यकालाई नमुना राजधानीको रूपमा विकास गर्ने योजनालाई उच्च प्राथमिकता दिइएको जनाएका छन्।

नीति तथा कार्यक्रममा नदी सभ्यतासँग जोडिएको भर्जिन ल्यान्ड देउखुरी उपत्यकामा आधुनिक राजधानी निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने जनाइएको छ।

नीति कार्यक्रममा सरकारका प्रशासकीय संरचनाहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबको कार्यकालमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै भौतिक पूर्वाधार सुदृढ गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा विकासका प्राथमिकता प्राप्त क्षेत्रमा स्रोत केन्द्रित गर्ने, समावेशी र सन्तुलित योजना कार्यान्वयन गर्ने तथा संविधानले प्रत्याभूत गरेका अधिकारको पूर्ण उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने रणनीति अघि सारेको छ।सुशासन प्रवर्द्धन र भ्रष्टाचार निर्मूलनका लागि सरकारले पाँच वर्षे कार्य योजना तयार पारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।

सार्वजनिक सेवामा पारदर्शिता, जबाफदेहिता र नागरिकमैत्री प्रणाली विकास गर्दै प्रदेशलाई अब्बल प्रदेश बनाउने लक्ष्य लिएको बताइएको छ।

प्रदेश सरकारले यहाँ राजधानी घोषणा गरेसँगै यसलाई गौरवको आयोजनामा राखेर बजेट व्यवस्थापन गर्दै आएको हो । अहिले पनि त्यसलाई निरन्तरता दिइएको हो ।

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्