Logo
३ असार २०८२, मंगलबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।

सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्‍याउन सहज हुने बताए ।

उनले मन्त्रिपरिषद् पनि संविधान अन्तगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए ।

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्