Logo
१ असार २०८२, आईतबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहानबाट हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन

५ वैशाख, हेटौंडा । आज बिहानबाट अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदैन ।

 

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्