Logo
१ असार २०८२, आईतबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीको रेसुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

गुल्मीको रेसुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  दाङको गडवा गाउँपालिका ३ का २७ वर्षीय निशान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुका अनुसार सोमबार बिहान तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका ६ सिमाघाटमा दुर्घटनामा परेको हो।

चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। मोटरसाइकल बाटो छेउको नालीमा पल्टिँदा घटनास्थलमै उनको मृत्यु भएको डीएसपी सारुले जानकारी दिए।

 

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्