भ्रष्टाचार मुद्दामा निलम्बित मोहन बस्नेतले स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्ने
काठमाडौं, ४ जेठ । भ्रष्टाचार मुद्दामा डामिएका नेपाली कांग्रेसका नेता एवं निलम्बित प्रतिनिधिसभा सदस्य मोहन बस्नेतले ठोकर्पा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्ने भएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा बनेको स्वास्थ्य चौकी भवन आगामी जेठ ६ गते बस्नेतले उद्घाटन गर्दैछन् ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिले बस्नेतलाई उद्घाटन समारोहको प्रमुख अतिथि बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई टेरामक्स प्रणाली खरिद प्रकरणमा अभियुक्त बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।