Logo
२ असार २०८२, सोमबार
(May 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: May 18, 2025

प्रतिक्रिया दिनुहोस्