Logo
२ असार २०८२, सोमबार
(May 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: May 18, 2025

प्रतिक्रिया दिनुहोस्