Logo
३ असार २०८२, मंगलबार
(May 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

काठमाडौँ । सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् ।  आइतबार उनले राष्ट्रियसभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उनले सित्तैमा शालिग्राम दिन नहुने तर्क गरे ।

‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । र शालिग्रामबाट हिरा बनाएर ठुलो आम्दानी लिन सकिन्छ’ उनले भने, ‘चीनले यसबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी फ्रीमा दिन्छौँ ।’

२०७९ माघ ११ गते सरकारले काली गण्डकी नदीको शालिग्राम भारतलाई दिइएको थियो । सो शालिग्राम नेपाली कांग्रेस र माओवादी नेतृत्वको सरकारले फ्रीमा भारतलाई  दिइएको उनको तर्क थियो ।

‘२४ टन हिरा बजारमा बिक्री गर्ने हो भने कति हुन्छ ? शालिग्रामलाई कसरी हिरा बनाउने अध्ययन गर्नु छैन । शालिग्राम त्यसै दिनुहुन्छ त ।’

सोही क्रममा सभापति कमला पन्तले शालिग्राम कसरी बनाउन सकिन्छ भन्दै प्रश्न गरेकी थिइन् ।  जवाफमा उनले शालिग्राम बनाउन अध्ययन गरिनुपर्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति: May 18, 2025

प्रतिक्रिया दिनुहोस्