उदयपुरको गाईघाटमा मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
उदयपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
१ करोड रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताए । साथै सो सडक योजनाको काम निर्धारित समयमा नै पूरा गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात् कार्य सम्पादन सहज हुने बताए।