Logo
३ असार २०८२, मंगलबार
(May 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलवायु कार्यमा योगदान पुर्‍याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि देखिएको बताएका छन् ।  आजदेखि काठमाडौँमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने– ‘महत्त्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रूपमा साक्षात्कार गरेका र्छौं ।’  भारतले हिमाली राज्यहरू र त्यहाँका जनताको पीडाले अनुभव गरेको बताउँदै उनले भने- ‘हाम्रो वातावरणीय भविष्य अभूतपूर्व तवरबाट जोडिएको छ ।’

सङ्कटका लागि न्यूनतम भूमिका रहे पनि त्यसको तत्कालीन माग अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले जलवायु कार्यमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको समेत उनले बताए  ।

प्रकाशित मिति: May 16, 2025

प्रतिक्रिया दिनुहोस्