Logo
२ असार २०८२, सोमबार
(May 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नरको रेसमा रहेका विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकको भावी गभर्नको रेसमा रहेका अर्थशास्त्री डा.विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ । कानुनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागिएको भन्दै डा.पौडेलविरुद्ध रिट लिएर अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापा सर्वोच्च पुगेका थिए ।

सर्वोच्च प्रशासनले भने उक्त रिट दर्ता गर्न अस्वीकार गरेको छ । रिट निवेदक अधिवक्ताद्वयले सर्वोच्च प्रशासनको दरपीठविरुद्ध इजलासमा निवेदन दिएका छन् । अब इजलासले दर्ताको लागि आदेश गरेको खण्डमामात्रै सो रिट दर्ता हुने छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ले राजनीतिक दलको सदस्यता लिएको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका अयोग्य हुने व्यवस्था गरेको छ ।

पौडेल नेपाली कांग्रेसका नेता हुन् । गत २०७९ को पतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चितवन–१ मा डा.पौडेल उम्मेदवार बनेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालसँग हार व्यहोरेका थिए ।

प्रकाशित मिति: May 16, 2025

प्रतिक्रिया दिनुहोस्