Logo
२ असार २०८२, सोमबार
(May 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहान कपिलवस्तुमा दुई महिलाको कारको ठक्करबाट मृत्यु

२ जेठ,  बुटवल । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 16, 2025

प्रतिक्रिया दिनुहोस्