Logo
२ असार २०८२, सोमबार
(May 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वप्रकाश शर्माले पाए सगरमाथा आरोहणको अनुमति

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणका लागि स्वीकृति पाएका छन् ।

महामन्त्री शर्मालाई सगरमाथा आरोहणका लागि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले स्वीकृति दिएको हो । महामन्त्री शर्मा हाल सगरमाथा बेस क्याम्पमा छन् । उनको बिहीबारबाट अभ्यास सुरु भएको छ ।

स्वास्थ्य र मौसमले साथ दिएमा यसै सिजनमा उनले सगरमाथा आरोहण गर्नेछन् । महामन्त्री शर्माले कहिले आरोहण गर्छन् भन्ने कुरा भने तय भइसकेको छैन ।

प्रकाशित मिति: May 15, 2025

प्रतिक्रिया दिनुहोस्