Logo
२ असार २०८२, सोमबार
(May 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किस्तीमा राखेर धुमधामसँग पद हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौताबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको १४ महिनापछि देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले देउवा पाँचौं पटक प्रधानमन्त्री बनिसकेको बताउँदै अब छैटौं पटक बन्नेवाला रहेको बताए । उनले समय आएपछि किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताए । ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छु,’– ओलीले भने ।

साथै, प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा आफ्नो कोही पनि उम्मेदवार नरहेको प्रष्ट पारे । ओलीले जो गभर्नर बने पनि काम गर्न सक्ने सक्षम व्यक्ति मेरिटबेशमा बन्ने बताए ।

‘राष्ट्र बैंकको गभर्नरमा मेरो आफ्नो भन्ने उम्मेदवार कोही पनि छैन । सक्षम मान्छे ल्याउँ भन्ने मेरो सधैं आग्रह हुन्छ । जो ल्याउने हो मेरिटको आधारमा ल्याउँ । काम गर्न सक्ने मान्छे भए देशलाई भइगयो नि । यो र उ भन्ने कुरा के भयो र सक्षमता चाहियो,’– उनले भने ।

प्रकाशित मिति: May 15, 2025

प्रतिक्रिया दिनुहोस्