Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक प्रहरी कुटपिट भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्स्पेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ। उनलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसएसपी शेखर खनालले बताए।

केही दिनअघि इन्स्पेक्टर साहले नागढुंगा चेकपोस्टमा एक सहायक हवल्दारलाई कुटपिट गरेका थिए। त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा बुधबार सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ।

त्यस्तै, कुटाई खाने हवल्दारलाई पनि जिम्मेवारीबाट हटाइएको छ। उनी प्रहरी वृत्त थानकोटमा कार्यरत थिए। गाडी चेकजाँचको विषयमा विवाद हुँदा इन्स्पेक्टरले गालामा चट्कन लगाउनुका साथै कुटपिट गरेका थिए।

प्रकाशित मिति: May 15, 2025

प्रतिक्रिया दिनुहोस्