पुटिनलाई प्रधानमन्त्रीको सन्देश- रुसी सेनामा नेपालीलाई भर्ना नगर्नू
काठमाडौँ १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।
रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको उनको सचिवालयले जनाएको छ ।
नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।
उनले आफ्नो सन्देश पुटिनलाई सुनाइदिन प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जानकारी दिएको छ ।